पोखरा १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि आफैंले विशेष पहल गर्ने बताउनुभएको छ ।
‘म छिट्टै चीन भ्रमणमा जाँदैछु, त्यहाँ पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानबारे ब्रेक थ्रु नै हुनेवाला छ’पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग शुक्रबार भएको भेटघाटको क्रममा उहाँले भन्नुभयो,‘भारतसँग पनि कुरा भएको छ । अन्तर्राष्ट्रिय उडान हुन्छ ।’
उहाँले कोरला नाका संचालनबारे सहमति जुटिसकेको र अब नेपाली भूमिमा पनि भौतिक निर्माणलगायतका काम हुने जानकारी दिनुभयो ।
भेटघाटको क्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सुस्ताएको बजारलाई माथि उकास्न विशेषखालका कार्यक्रम ल्याउन प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान, उत्तरगंगा जलविद्युत परियोजना निर्माण,प्रशारण लाइनको उचित व्यवस्थापनको माग गर्नुभयो ।
प्रधानमन्त्रीसँगको भेटघाटमा संघका वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्य र महासचिव बलराम आचार्यको पनि सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
आलु महोत्सव भोली सकिदै
कृषिको उत्सव आलु महोत्सव
महोत्सवमा १७ लाख बढीको आलु कारोवार
हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो
आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता