एन प्याव्सनको वादविवाद प्रतियोगितामा अनिल प्रथम

राष्ट्र न्यूज सम्वाददाता
असार १५, २०८०
IMG_20230630_153827

पोखरा, १५ असार । एन प्याव्सन कास्कीले आयोजना गरेको अन्तरविद्यालय स्तरीय वादविवाद प्रतियोगितामा कास्की मोडनाइज्ड एकेडेमीका अनिल महत प्रथम हुनुभएको छ ।

प्रतियोगितामा अक्सफोर्ड सेकेण्डरीका गौरभ आचार्य र त्रिवेणी पब्लिक स्कूलकी निष्मा गुरुङ द्धितीय, रत्नज्योति सेकेण्डरी स्कूलकी श्रिया गिरी तृतीय तथा अञ्जली आवासिय विद्यालयका प्रमिश अधिकारी र ज्ञानज्योति विद्याकुञ्जकी जेशिका गुरुङ सान्त्वना हुनुभयो ।

विजयी विद्यार्थीलाई एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष यम खड्का, एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, कार्यक्रम संयोजक प्रेमराज अधिकारी, सदस्य रमेशराज पौडेलले ट्रफी प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतियोगिताको निर्णायकमा शशिधर वराल, मदन वराल र भुमिराज पण्डित हुनुहुन्थ्यो । एन प्याव्सनमा आवद्ध विद्यालय वीच भएको उक्त प्रतियोगितामा ३१ विद्यालयको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीका अन्तरनिहित प्रतिभा उजागर गर्न यस्ता कार्यक्रमहरु कोषेढुङ्गा सावित हुने बताउनुभयो ।

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मनकाजी गुरुङ, सहकोषाध्यक्ष तथा सहक्रियाकलप प्रमुख राजु केसी, सदस्य तोलाकन्त न्यौपानेले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives