पोखरा, १४ असार । कास्कीको अन्नपूर्ण गाउँपालिका –३ को पाउदुरको पहिरोले मध्य पहाडी लोकमार्गको पोखरा–बाग्लुङ खण्डमा भएको सवारी जामको समस्या हटाउन दुई वटा वैकल्पिक सडक सञ्चालन गरिने भएको छ ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली, मन्त्रालयका उपसचिव लक्ष्मी भण्डारी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर केसी, मध्य पहाडी लोकमार्ग आयोजनाका प्रतिनिधि ठाकुर भण्डारी, पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख डा. महेन्द्र बाँनिया, वडा अध्यक्ष फडिन्द्रप्रसाद पौडेल सहितको टोलीले बिहिबार बिहान पहिरोको स्थलगत अध्ययन गरि वैकल्पिक सडक सञ्चालन गर्ने निर्णय गरेको हो ।
ठूला सवारी साधनले राजमार्गनै प्रयोग गर्ने, साना सवारी साधनका काँडे–मनाङचे–पत्थरचोक र पत्थरचोक–पाउदुरकोट सडक प्रयोगमा ल्याउन लागिएको मन्त्री जुग्जालीका स्वकीय सचिव चक्र पुनले जानकारी दिनुभयो ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र मध्यपहाडी लोकमार्ग सडक आयोजनाले गाउँपालिकासँग समन्वय गरेर तत्कालै वैकल्पिक सडक मर्मत गरेर जिप, ट्याक्सी र मोटरसाइकल सञ्चालन गर्न सकिने बनाउने मन्त्री जुग्जालीको सचिवालयले जनाएको छ ।
वैकल्पिक सडक भएमा सवारी साधनको चाप घट्ने र ठूला गाडीलाई पहिरो पार गराउन सहज हुने प्राविधिकहरुले सुझाव दिनुभयो ।
गण्डकीको पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, लुम्बीनिको पूर्वी रुकुम रोल्पाको समेत मुख्य राजमार्गको रुपमा रहेको मध्य पहाडी लोकमार्गको पाउदुर खण्डमा दैनिक घण्टौ सम्म अवरुद्ध हुदाँ सयौ सवारी साधन र हजारौ जना यात्रुहरु जाममा परेर दुःख पाएका छन् ।
एकतर्फ रुपमा मात्र यातायात सञ्चालन गरिदै आएको साँघुरो सडकमा खसिरहने पहिरो र हिलोमा सवारी साधन फसेर सुत्केरी, बिरामी, जन्ती र यात्रुहरुलाई सास्ती भएको थियो । म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत, पुर्वी रुकुम र रोल्पाबाट पोखरा, काठमाडौ लगायत देशका विभिन्न ठाउँमा जाने र आउने यात्रुलाई सास्ती भएको छ ।
Related News
सम्बन्धित समाचार
माछापुच्छे क्रिकेट क्लव पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा
बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित ग्राहक सम्मेलन
माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गलकोटलाई, महिला तर्फको उपाधि शान्ता भलिवललाई
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी