आशिर्वाद क्लबको इन्चार्जमा रवी र अध्यक्षमा मनिष

राष्ट्र न्यूज सम्वाददाता
असार १०, २०८०
Asirbad club

पोखरा, १० असार । पोखरा – १३ आर्वा स्थित आशिर्वाद क्लब अफ नेपालको प्रथम अधिवेशन तथा साधारण सभाले रवी बराललाई इन्चार्ज र मनिष बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको सचिवमा अर्जुन बराल, उपाध्यक्षमा आर्सन बराल, सुशान्त बराल, अंकिता बराल रहनुभएको छ । समग्र विभाग प्रमुखमा सुरज पौडेल, संस्कृति विभाग प्रमुखमा सुशान्त पौडेल, सह सचिवमा शिशिर बराल, दिनिशा लामिछाने र भिषण बराल हुनुहुन्छ ।

त्यस्तै, कोषाध्यक्षमा सोम गुरुङ, खेलकुद विभाग प्रमुखमा अनिश बराल, स्वास्थ्य विभाग प्रमुखमा रुबी बराल र आईटी विभाग प्रमुखमा ओजन बराल रहनुभएको छ ।

क्लबले संस्कृतिक पर्यटन विकासका लागि बृहत संस्कृति भजन प्रतियोगिता गर्ने, आर्वार्को पहिचानका लागि दशंै तिहार विशेष फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको छ । त्यस्तै, संस्कृतिक साहित्यक साँझ, आँखा शिविर र स्लो बाईक रेस जस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives