पोखरा, ८ असार । पोखराको फेवातालमा शुक्रबार नेपाल–चाइना ड्रागन बोट रेस फेष्टिवल हुने भएको छ ।
चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
असार ८ र ९ गते हुने प्रतियोगितामा चिनियाँ ४ टिम र नेपाली ४ टिम गरी ८ टिमको सहभागिता रहने छ । प्रतियोगितामा सिचुवान डाइगन बोट टिम, युवान ड्रागन बोट टिम, एस.जी ड्रागन्स, सिंगापुर, चाइना–नेपाल फे्रण्डशिप ड्रागन बोट टिम पोखरा, नारा ड्रागन बोट टिम नेपाल, एनआरसिए बोट टिम नेपाल, फेवा लेक ड्रागन बोट टिम र पोखरा मेट्रोपोलिटिन ड्रागन बोट टिमले प्रतिस्पर्धा गर्नेछन् ।
५ सय र दुई सय मिटरको दुरीमा डुंगा दौड हुनेछ । ५ सय मिटरतर्फ विजेताले नगद ५ लाख, उपविजेताले नगद ३ लाख तथा तृतीय स्थान हाँसिल गर्नेले नगद २ लाख पुरस्कार प्राप्त गर्नुहुनेछ ।
त्यसैगरी २ सय मिटर दौडतर्फ विजेताले नगद ३ लाख, उपविजेताले नगद २ लाख तथा तृतीय स्थान हाँसिल गर्नेले नगद १ लाख पुरस्कार प्राप्त गर्नुहुनेछ । बंग्लादी घाटदेखि स्विमिङपुलघाटसम्म यो दौड प्रतियोगिता सञ्चालन हुनेछ ।
दुई दिने फेस्टिभलमा नेपाली, चिनियाँ खाना, चिनियाँ सांस्कृतिक कार्यक्रम फेस्टिभलको आकर्षण रहने छ । नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागीका लागि ६० जना खेलाडी सहितको झण्डै २ सय चिनियाँ टोली प्लेन चार्टड गरेर पोखरा आइसक्नुभएको छ ।
फेस्टिभलको लागि २ करोड ५० लाख खर्च लाग्ने अनुमान आयोजकको छ । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसियसन पोखराले सहयोगी संस्थाका रुपमा रहेका छन् ।
यो महोत्सव पोखरेलीका लागि ऐतिहासिक महोत्सव भएकाले यसको अवलोकनका लागि आयोजकले सम्पूर्ण पोखरेलीलाई आव्हान गरेको छ ।
Related News
सम्बन्धित समाचार
कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने
गिद्धदेखि गैँडासम्मः लाटोकोसेरो प्रेमीको अविस्मरणीय यात्रा (फोटो फिचर–राजु आचार्य)
गण्डकी कोटिहोममा भोलि हास्य कलाकार देखि महिला रेस्लरसम्म सहभागी
गण्डकी कोटिहोममा एक सय बढीको सामूहिक व्रतबन्ध
कोटिहोममा आउनेको स्वर– ‘यो त साँचीकै ऐतिहासिक रहेछ’