पोखराका २१ वाङ्मयिक संस्थाले विश्व संगीत दिवसमा सांगीतिक कार्यक्रम गर्ने

राष्ट्र न्यूज सम्वाददाता
असार ४, २०८०
IMG_20230619_162043

पोखरा, ४ असार । पोखराका २१ वाङ्मयिक संस्थाले विश्व संगीत दिवसका अवसरमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् ।

सप्तरंगी सांस्कृतिक प्रतिष्ठान पोखराको मुख्य आयोजना र अन्य २० वाङ्मयिक संस्थाको सहआयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।

पोखरा उद्योग बाणिज्य संघको सभाहलमा असार ६ गते दिउँसो ३ बजे हुने कार्यक्रममा लोकदोहोरी, मौलिक गीत, शास्त्रीय संगीत, लोक नृत्य, लाइभ ब्याण्ड सहित १५ देखि १७ वटा प्रस्तुति रहने विश्व संगीत दिवस २०८० का कार्यक्रम संयोजक नवराज बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार एकल रुपमा संगीत दिवस मनाउँदा प्रभावकारिता नदेखिने भएकाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रवेश निशुल्क रहेको छ ।

२०६० साल देखि पोखरामा रहेका वाङ्मयिक संस्थाहरुले विश्व संगीत दिवसको अवसरमा सांगीतिक कार्यक्रम गर्दै आएका छन् । विश्व संगीत दिवसको थालनी इ.सं. १९८४ सालदेखि फ्रान्सबाट भएको हो ।

कार्यक्रमबाट पोखराको सुस्ताएको संगीत क्षेत्रलाई माथि उठाउन सहयोग मिल्ने आशा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives