पोखरा, २ असार । बैंकर डा. बुद्धि मल्लको पुस्तक “सफलता सम्भव छ” को बिमोचन भएको छ ।
शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल के.सि.ले संयुक्त रुपमा बिमोचन गर्नुभएको थियो ।
पर्फमेन्स म्यानेजमेन्ट कोच तथा लेखक डा. मदन बिष्ट र पत्रकार तथा लेखक रोहित भण्डारीले पुस्तकको समिक्षा गर्नुभयो ।
लेखकले पाठकहरुलाई सहज हिसाबले बुझ्ने गरी विभिन्न उदाहरणका साथ जिन्दगी सुन्दर छ भन्ने सकरात्मक बिषयको साथै स्मार्टवर्क, जोखिम, टिमवर्क, संघर्ष, नैतिकता, आलोचना, ईष्र्या, धैर्य, ब्यवहार, एस्म्यमान लगायत विभिन्न बिषयमा ४१ वटा लेखहरु समावेश गर्नुभएको छ ।
पुस्तकमा उंटले आफ्नो जिवनको निरन्तरताको लागि घाँटी लामो बनाउन प्रयत्न गरेको देखी संसारका सफल ब्यक्तिहरु बिल गेट्स, दि रक, पृथ्वी नारायण शाह, एड्मण्ड हिलारी, मिल्खा सिंह, जिम केरी, झमक कुमारी, हेनरी फोर्ड, दशरथ माझी, ज्याक मां, भगवान बुद्ध, सचिन तन्दुल्कार, सनाथ जयासूर्या, शेन वार्न, नवोजोद सिद्धु, अमिताभ बच्चन जस्ता हस्तिका जिवनमा घटेका केहि प्रेरक प्रसंगहरु उल्लेख गरेर सफलता सम्भव छ भनेर उदाहरण दिने प्रयास गरिएको छ ।
Related News
सम्बन्धित समाचार
प्रदेश प्रमुख भट्टद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना
जेठ २६ गतेसम्म संचालन हुने पोखराको कोटिहोमबारे आध्यात्मिक मासिक पत्रिका “अग्निचक्र” को फागुन, चैत र वैशाख विशेषाङ्क
जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित