दन्त शिविरबाट एक सय ९५ जना लाभान्वित

राष्ट्र न्यूज सम्वाददाता
असार १, २०८०
received_970641084123918

पोखरा, १ असार । लियो क्लब अफ पोखरा नर्थको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका –१, खहरेटोल स्थित शारदा माध्यमिक विद्यालयमा निःशुल्क दन्त शिविर गरिएको छ ।

कान्तिपुर डेन्टल हस्पिटल न्युरोडको प्राविधिक सहयोगमा भएको दन्त शिविरमा विद्यालयका छात्रा–छात्र,शिक्षक–शिक्षिका गरी एक सय ९५ जनाले दाँतको स्वास्थ्य अवस्था जाँच गरिएको थियो ।

परिक्षण गराएका मध्य १० प्रतिशतमा स्केलिङ, आर.सि.टि, दाँत झिक्नुपर्ने, दाँत भर्नु पर्ने, समस्याहरु देखिएको र अन्यको दाँतको स्वास्थ्य अवस्था सामान्य रहेको कान्तिपुर डेन्टलका सि.ई.व प्रतिकमान श्रेष्ठले जानकारी दिनुभयो ।

पब्लिक हेल्थ अफिसर आयुशा अधिकारीले दन्त शिविरमा परिक्षण गराएका विरामीलाई अस्पताल जाँदा १५ प्रतिशतसम्म छुट दिने घोषणा गर्नुभएको थियो ।

सोहि अवसरमा विद्यालयका प्रधानाध्यापक चाहना पुनले विद्यार्थीको दंन्त स्वास्थ्य परिक्षण सहितको जनचेतना कार्यक्रम गरी सहयोग गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

रेडियो हेमजाका स्टेशन म्यानेजर एंव लियो क्लब अफ हेमजाका अध्यक्ष निराजन अधिकारीले विद्यार्थीहरु शैक्षिक निरन्तरता साथ नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

क्लबका अध्यक्ष मनिष तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा लियो प्लेज सिद्धार्थ सापकोटाल,े ध्वजाको अभिवादन स्वस्थिका बरालले साथै सहजिकरण क्लबका प्रथम उपाध्यक्ष अनिष दाहालले गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives