गोल्डेन नेचरमा अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता

राष्ट्र न्यूज सम्वाददाता
जेठ ३१, २०८०
Golden Nature

पोखरा, ३१ जेठ । पोखरा महानगरपालिका वडा नं. ३० खुदी–ढुङ्गेपाटन स्थित गोल्डेन नेचर बोर्डिङ स्कूलले  शैक्षिक क्यालेण्डर अनुसार अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता गरेको छ ।

विद्यार्थीहरूमा रहेको हस्तलेखन क्षमतामा सुधारका साथै थप निखार ल्याउने उद्देश्यले आयोजित प्रतियोगितामा कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा अंकिता सुनार प्रथम, स्अञ्जला खाँड ठकुरी द्वितीय, एकता थापा मगर तृतीय र सरिना प्रधानले सान्त्वना स्थान प्राप्त गरेको विद्यालयका प्रिन्सिपल प्रेम प्रसाद शर्माले जानकारी दिनुभयो ।

कार्यक्रमको संयोजन विद्यालयका शिक्षक मुकुन्द शर्मा र शिक्षिका प्रतिमा गुरुङले गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives