पोखरा, ३१ जेठ । पोखरा महानगरपालिका वडा नं. ३० खुदी–ढुङ्गेपाटन स्थित गोल्डेन नेचर बोर्डिङ स्कूलले शैक्षिक क्यालेण्डर अनुसार अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता गरेको छ ।
विद्यार्थीहरूमा रहेको हस्तलेखन क्षमतामा सुधारका साथै थप निखार ल्याउने उद्देश्यले आयोजित प्रतियोगितामा कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा अंकिता सुनार प्रथम, स्अञ्जला खाँड ठकुरी द्वितीय, एकता थापा मगर तृतीय र सरिना प्रधानले सान्त्वना स्थान प्राप्त गरेको विद्यालयका प्रिन्सिपल प्रेम प्रसाद शर्माले जानकारी दिनुभयो ।
कार्यक्रमको संयोजन विद्यालयका शिक्षक मुकुन्द शर्मा र शिक्षिका प्रतिमा गुरुङले गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित
कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउने
कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने
गिद्धदेखि गैँडासम्मः लाटोकोसेरो प्रेमीको अविस्मरणीय यात्रा (फोटो फिचर–राजु आचार्य)