पोखरामा फिजियोथेरापीको निःशुल्क शिविर हुने

राष्ट्र न्यूज सम्वाददाता
जेठ २५, २०८०
Phisiotherapy

पोखरा, २५ जेठ । पोखरामा फिजियोथेरापीको निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

पोखरा ९ न्युरोडस्थित पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्रा.लिले महिनाको अन्तिम शनिवार त्यस्तो शिविर गर्न लागेको हो । शिविर बिहान १० देखि २ बजेसम्म चल्नेछ ।

पछिल्लो समय फिजियोथेरापी सेवा आवश्यक पर्ने बिरामीको संख्या बढिरहेका बेला त्यस्ता बिरामीलाई सेवा दिने उद्देश्यले शिविर गर्न लागिएको अस्पतालका फिजियोथेरापिष्ट डा. अजित कुमार पाण्डेले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives