समुदाय खोज तथा उद्दार प्रशिक्षण

राष्ट्र न्यूज सम्वाददाता
जेठ २४, २०८०
2 (4)

जेठ २४, पोखरा । गण्डकी सरकारको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालयको संयोजनमा तीन दिने समुदाय खोज तथा उद्दार सम्वन्धी प्रशिक्षण भएको छ ।

गण्डकी प्रदेश विपद् व्यबस्थापन गुल्म बाग्लुङले पर्वतमा सञ्चालन गरेको कार्यक्रममा भुकम्प, आगलागी तथा खोचमा खसेका घाईते तथा मृतकहरुको खोज तथा उद्दार सम्वन्धी सिमुलेशन प्रदर्शन गरिएको थियो ।

विपद्को समयमा के गर्ने, विपद्को समयमा सम्बन्धित निकाय बिच कसरी समन्वय गर्ने र विपद्लाई कसरी न्यूनीकरण गर्ने भन्ने बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले सरकारले प्रहरीद्वारा गरिएका विपद् उद्दारका कार्यहरुको उच्च मूल्यांकन गरिरहेको बताउनुभयो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले विपद् जुनसुकै बेला आउन सक्ने भएकोले प्रहरी कर्मचारी २४ सैं घण्टा तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives