पोखरा, २४ जेठ । पोखरा–१२ माटेपानी स्थित हिल प्वाइन्ट मा.विका विद्यार्थी बृद्वाश्रम जानुभएको छन् ।
५० औं विश्व वातावरण दिवसको अवसरमा विद्यार्थीहरु पोखरा – ३२ लामेआहालमा रहेको राधाकृष्ण बृद्वाश्रम जानुभएको हो । बद्वाश्रम रहनुभएका बृद्वबृद्वाको अनुभव सुन्नका लागि उहाँहरु बृद्वाश्रम पुग्नुभएको हो । विद्यार्थीले बृद्वबृद्वासँग अन्तरक्रिया गरी विविध विषय बारे जानकारी लिनुभएको थियो ।
विद्यालयले विद्यार्थीका लागि संस्कारमूलक कार्यक्रम अन्तर्गत विद्यार्थीलाई बृद्वाश्रम लगेको हो । विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै पछिल्लो अवस्थाको सामाजिक र पारिवारिक अवस्था बारे जानकारी गराउँने उद्देश्यले बृद्वाश्रम लगिएको विद्यालयका प्राचार्य दिवाकर जैसीले बताउनुभयो । विद्यार्थीलाई समाज र संस्कार बारे समेत ज्ञान दिन आवश्यक रहेको उहाँको भनाइ छ ।
विद्यालयले आफ्ना विद्यार्थीलाई सामाजिक, पारिवारिक र शैक्षिक जीवनमा प्रभाव पार्ने संस्कारमूलक कार्यक्रममा सहभागिता गराउँदै आएको छ ।
कक्षा १० का विद्यार्थीे सुव्रत सिग्देल र गायत्री थापाको नेतृत्वमा आफ्नो खाजाखर्च बचत गरेर बृद्वाश्रमका लागि खाद्य सामग्री समेत खरिद गरी बृद्वाश्रमलाई हस्तान्तरण गरिएको छ ।
विद्यार्थीको अभियानलाई प्रोत्साहित गर्दै विद्यालयले रकम थप गरी फलफूल, चिनी, चियापत्ती लगायतका सामग्री बृद्वाश्रमलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बृद्वाश्रमका अध्यक्ष प्रेम लिगल, प्राचार्य दिवाकर जैसी, विद्यार्थीद्वय किरण कार्की र सुक्रिया गुरुङ्गले बोल्नुभएको थियो । कार्यक्रमको संयोजन शिक्षक कपिल अधिकारी र कार्यक्रम सञ्चालन रामकुमार थापाले गर्नुभएको थियो ।
वातावरण दिवसकै अवसरमा कक्षा ९ सम्मका विद्यार्थीको सहभागितामा जनचेतनामूलक र्याली, सरसफाइ, वृक्षरोपण, वातावरण सम्बन्धी चित्रकला प्रतियोगिता जस्ता कार्यक्रम गरिएको छ । कार्यक्रमलाई सहप्राचार्य गंगाराम पौडेल र इन्चार्ज सुबोध तिवारीले समन्वय गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी