सोंथर बेँसी टारी बजार मेलाको आयब्यय सार्वजनिक

राष्ट्र न्यूज सम्वाददाता
जेठ २३, २०८०
Sothar

पोखरा, २३ जेठ । सोंथर बेँसी विकास समितिले सोंथर बेँसी टारी बजार कृषि ,पर्यटन, खेलकुद तथा संस्कृति मेलाको आयब्यय सार्वजनिक गरिएको छ ।

पोखराको नादा तमु समाजमा मेलाका सहयोगीदाताहरु, संस्थाका आजीवन र साधारण सदस्यहरुको भेला गरी आयब्यय सार्वजनिक गरिएको हो ।

मेलामा कूल आम्दानी सात लाख ४६ हजार चार सय ५८ भएकोमा कूल खर्च छ लाख ७४ हजार ८० भएको कोषाध्यक्ष रमा क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार मेलाबाट ७२ हजार ३ सय ७८ बचत भएको छ ।

त्यस अवसरमा मेलाका सहयोगी र मेलाको प्रचारप्रसारमा योगदान पु¥याउनुभएका पत्रकारहरु राज बहादुर गुरुङ, नवीन सिग्देल ,मनोहर पौडेल र बुद्धि सुनारलाई सम्मान गरिएको थियो । मेला फागुन १ देखि २ र ३ गते सम्म भएको थियो ।

सोंथर बेँसी विकास समितिका अध्यक्ष ओम प्रकाश गुरुङको अध्यक्षता भएको कार्यक्रममा विश्वकर्मा एकता समाज नागीधारका अध्यक्ष मिलन बिक, पाखुरीकोट युके परिवारका पुर्व अध्यक्ष खिम बहादुर गुरुङ, प्रभात आवि पाखुरीकोट नागीधारका पूर्व प्रधानध्यापक डम्बर जंग गुरुङ,सचिव डिल्लीराज गिरीले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives