पोखरा, २३ जेठ । हुम्लाका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने उद्देश्यले पोखरामा सांगीतिक कार्यक्रम हुने भएको छ ।
यही जेठ २६ गते सभागृहमा साँझ ६ः३० बजेबाट परोपकारी सांगीतिक साँझ हुन लागेको हो । एजुकेट नेपाल प्रोजेक्टले कर्मा फ्लाइट फाउन्डेसनको मातहतमा रहेर उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।
हुम्लाको नाम्खा गाउँपालिका (नेपालको अग्लो स्थानमा रहेको गाउँपालिका) का १७ स्कूलका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्न लागेको एजुकेट नेपाल प्राजेक्टका सोभित ठकुरीले जानकारी दिनुभयो ।
आउँदो शुक्रबार हुने सांगीतिक कार्यक्रममा सुरज पण्डित, विनोद बानियाँ, सिडी विजय अधिकारी, सन्तोष बस्याल,अदिती शर्मा र कमेडियन दिपक थापा लगायतको प्रस्तुति रहने छ ।
‘प्रेरणा, हौसला र सहयोग’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रमलाई सफल पार्न सम्पूर्ण पोखरेलीको सहयोग रहनेमा ठकुरी आशावादी हुनुहुन्छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
कमाउने दृष्टिकोणले भन्दा पनि सेवाको भावनाले सांगीतिक कार्यक्रमको आयोजना गरिएको भनाइ उहाँको छ । शैक्षिक सामाग्रीको खाँचोमा परेको क्षेत्र हुम्लामा उक्त सामाग्री वितरणको लागि विशेष गरी सचेतना र कोष जुटाउने लक्ष्य आफ्नो रहेको बताउनुभयो ।
शुक्रबार हुने सांगीतिक कार्यक्रम मार्फत उठेको आर्थिक सहयोगबाट शैक्षिक सामाग्री लिएर टोली आउँदो असारको अन्तिममा हुम्ला प्रस्थान गर्नेछ ।
Related News
सम्बन्धित समाचार
बिनु र तारालाई मिना सिर्जनशील समावेशी पुरस्कार
पोउवा संघको ६९ औं वार्षिक अधिवेशन
राधा–लक्ष्मी स्मृति पुरस्कार शिक्षासेवी चतुरमानलाई
संविधान दिवसमा एमाले गण्डकीको “संचारकर्मीसंग नेकपा (एमाले)“ कार्यक्रम
कुँडहर सहकारीको अध्यक्षमा विश्वबन्धु