साहित्यिक साँझ – २०८० हुँदै

राष्ट्र न्यूज सम्वाददाता
जेठ १९, २०८०
Sajh – Copy

पोखरा, १९ जेठ । पोखरा – १३ साहित्यिक साँझ – २०८० हुने भएको छ ।

पोखरा –१३ आर्वास्थित आशिर्वाद क्लब अफ नेपालले कार्यक्रम गर्न लागेको हो । जेठ २० गते शनिवार हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली भाषा र साहित्यको उत्थान र प्रवद्र्वन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष रवि बरालले जानकारी दिनुभयो ।

राष्ट्रिय तथा स्थानीय साहित्यकारहरुको सभागितामा कार्यक्रम गरिने बताइएको छ ।  कार्यक्रममा गजलकार प्रदीप रोदन लगायतको सहभागिता रहने छ । त्यस्तै पोखराका गजलकार त्रुपक र प्रान्जलको विशेष रचनाहरु सुन्न पाइनेछ । कार्यक्रम दुधपोखरी चोकमा हुने छ । कार्यक्रम सम्पन्न गर्न एक लाख ६० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

साहित्य प्रति रुची राख्ने र कलम चलाउने नव प्रतिभाहरुलाई कार्यक्रममा सहभागिता जनाउन अनुरोध गरिएको छ । कार्यक्रमले नेपाली साहित्य क्षेत्र प्रति युवाहरुको आर्कषण बढाउन सहयोग गर्ने क्लबका इन्चार्ज विक्रम बरालको भनाइ छ ।

कार्यक्रम दुई चरणमा गरिएको छ । पहिलो चरणममा क्लबको पेज मार्फत् अनलाइन गजल प्रतियोगिता सम्पन्न गरिएको छ । प्रतियोगितामा १५ जना सहभागी रहनुभएको थियो । प्रतियोगितामा निकेश गिरी प्रथम र समिर थापा द्वितीय हुनुभएको छ । साहित्यिक साँझमा उहाँहरुलाई पुरस्कृत गरिनेछ ।

दोस्रो चरणको कार्यक्रम २० गते शनिवार दिउँसो ३ बजदेखि दुधपोखरी चोकमा हुनेछ । दोस्रो चरणको कार्यक्रममा साहित्यिक गतिविधि र साहित्यकारलाई सम्मान गरिनेछ ।

पोखरा वडा नं १३ का युवाहरु मिलेर केही वर्ष अगाडि खोलिएको क्लब हो आशिर्वाद युवा क्लब । क्लबले नेपाली भाषा, साहित्य, संस्कृति संरक्षण ,जगेर्ना तथा प्रवद्र्वन लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । त्यस्तै युवाहरुको चौतर्फी विकास गर्न अभिमुखीकरण तथा प्रतियोगिता पनि आयोजना गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…
  • आलु महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८०
    पोखरा, २५ चैत । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका…

Archives

Archives