पोखरा, १९ जेठ । पोखरा – १३ साहित्यिक साँझ – २०८० हुने भएको छ ।
पोखरा –१३ आर्वास्थित आशिर्वाद क्लब अफ नेपालले कार्यक्रम गर्न लागेको हो । जेठ २० गते शनिवार हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली भाषा र साहित्यको उत्थान र प्रवद्र्वन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष रवि बरालले जानकारी दिनुभयो ।
राष्ट्रिय तथा स्थानीय साहित्यकारहरुको सभागितामा कार्यक्रम गरिने बताइएको छ । कार्यक्रममा गजलकार प्रदीप रोदन लगायतको सहभागिता रहने छ । त्यस्तै पोखराका गजलकार त्रुपक र प्रान्जलको विशेष रचनाहरु सुन्न पाइनेछ । कार्यक्रम दुधपोखरी चोकमा हुने छ । कार्यक्रम सम्पन्न गर्न एक लाख ६० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।
साहित्य प्रति रुची राख्ने र कलम चलाउने नव प्रतिभाहरुलाई कार्यक्रममा सहभागिता जनाउन अनुरोध गरिएको छ । कार्यक्रमले नेपाली साहित्य क्षेत्र प्रति युवाहरुको आर्कषण बढाउन सहयोग गर्ने क्लबका इन्चार्ज विक्रम बरालको भनाइ छ ।
कार्यक्रम दुई चरणमा गरिएको छ । पहिलो चरणममा क्लबको पेज मार्फत् अनलाइन गजल प्रतियोगिता सम्पन्न गरिएको छ । प्रतियोगितामा १५ जना सहभागी रहनुभएको थियो । प्रतियोगितामा निकेश गिरी प्रथम र समिर थापा द्वितीय हुनुभएको छ । साहित्यिक साँझमा उहाँहरुलाई पुरस्कृत गरिनेछ ।
दोस्रो चरणको कार्यक्रम २० गते शनिवार दिउँसो ३ बजदेखि दुधपोखरी चोकमा हुनेछ । दोस्रो चरणको कार्यक्रममा साहित्यिक गतिविधि र साहित्यकारलाई सम्मान गरिनेछ ।
पोखरा वडा नं १३ का युवाहरु मिलेर केही वर्ष अगाडि खोलिएको क्लब हो आशिर्वाद युवा क्लब । क्लबले नेपाली भाषा, साहित्य, संस्कृति संरक्षण ,जगेर्ना तथा प्रवद्र्वन लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । त्यस्तै युवाहरुको चौतर्फी विकास गर्न अभिमुखीकरण तथा प्रतियोगिता पनि आयोजना गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी