पोउवा संघको बोर्ड बैठक गिलुङमा

ग्रामीण पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरण सम्भावनाको खोजी

राष्ट्र न्यूज सम्वाददाता
जेठ १७, २०८०
Gilung

पोखरा,१७ जेठ।पोखरा उद्योग वाणिज्य संघले लमजुङको क्होंलासोथर गाउँपालिकाको गिलुङमा आफ्नो १२ औं कार्यसमिति बैठक गरेको छ ।

ग्रामीण पर्यटन तथा घरबास कार्यक्रमको प्रवद्र्धन एवं स्थानीय उत्पादनको बजारीकरणको सम्भावना खोजीको लागि संघले क्होंलासोथर ९, गिलुङलाई बैठकस्थल छानेको अध्यक्ष पवनकुमार प्रजापतिले बताउनुभयो ।

‘तीनवटै तहका सरकारले ग्रामीण पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिएका छन्,हामी सरकारसँगै सहकार्य गर्ने सामाजिक संस्था हौं,’ अध्यक्ष प्रजापतिले भन्नुभयो,‘सरकारी अभियानलाई सघाउन तथा ग्रामीण उत्पादनहरुको बजारीकरणको सम्भावना खोज्ने उदेश्यले बैठक स्थल नै गाउँ छानिएको हो ।’

बैठकको क्रममा जनप्रतिनिधि, स्थानीयबासी र आमा समूहसँग अन्तरक्रिया तथा सहरी क्षेत्रमा खपत हुनसक्ने स्थानीय उत्पादनबारे जानकारी लिइएको अध्यक्ष प्रजापतिको भनाइ छ ।

कार्यसमिति बैठकमा सहभागी संघका सल्लाहकार तथा नेपाल उद्योग वाणिज्य महासंघका समेत पूर्वअध्यक्ष आनन्दराज मुल्मीले उद्योगी÷व्यवसायीहरुले ग्रामीण भेगको जनजीवन, आवश्यकता र त्यहाँका उत्पादन एवं सम्भावनाबारे जानकारी राख्नुपर्ने बताउनुभयो ।

क्होंलासोथर ९ का वडाध्यक्ष हुमराज गुरुङले शिक्षा,स्वास्थ्य र रोजगारी सिर्जनामा पालिकाहरुले विशेष जोड दिएको बताउँदै ग्रामीण पर्यटन प्रवद्र्धनको लागि संस्थागत भ्रमणहरु फलदायी हुने उल्लेख गर्नुभयो ।

गिलुङ–पोखरा सम्पर्क समितिका अध्यक्ष आशिष गुरुङले गुरुङ संस्कृतिको अनुपम थलो गिलुङ पर्यटकहरुको स्वागत गर्न आतुर रहेको बताउँदै मौलिक गुरुङ संस्कृति अध्ययन अवलोकन गर्नेहरुका लागि गिलुङ उत्तम थलो भएको बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले गाउँमा पछिल्लो समय बनेका पूर्वाधारको सही सदुपयोग गर्दै पालिकाहरुले गाउँलेलाई उत्पादनसँग जोडनुपर्नेमा जोड दिनुभयो ।

लमजुङ उद्योग वाणिज्य संघका उपाध्यक्ष मृगेन्द्र घिमिरेले पोखरा उद्योग वाणिज्य संघले बोर्ड बैठक थलो गिलुङ तय गरेकोमा आभार व्यक्त गर्दै स्थानीय उत्पादनको बजारीकरणको लागि दुई उद्योग वाणिज्य संघबीच सहकार्य गरिने बताउनुभयो ।

संघका वाणिज्यतर्फका उपाध्यक्ष उत्तममान बुद्धाचार्यले मौलिक संस्कृति जोगाउन गाउँलेहरुसँग आग्रह गर्नुभयो ।

महासचिव बलराम आचार्यले स्थानीयका परम्परागत उत्पादनहरुको बजारीकरणमा संघले सघाउने वचन दिनुभयो ।

उपमहासचिव शोभा गौतमले बजारको माग हेरेर महिलाहरुलाई उद्यमशील बनाउन पालिकालाई सुझाव दिनुभयो ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…
  • आलु महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८०
    पोखरा, २५ चैत । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका…

Archives

Archives