पोखरा, १६ जेठ । सरकारले पोखराकी वरिष्ठ सौन्दर्य व्यवसायी चिनु गुरुङलाई उत्कृष्ट महिला उद्यमीबाट सम्मान गरेको छ ।
महिला उद्यमशीतलामा योगदान पु¥याएको भन्दै उहाँलाई गण्डकी प्रदेशबाट सम्मान गरिएको हो । उहाँलाई नगद रु १ लाख रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाचौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत मंगलबार उहाँलाई सम्मान गरेको हो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातै प्रदेशका अगुवा महिला उद्यमीलाई सम्मान गरेको थियो । रोजगारी सृजना, स्वरोजगार अभियन्ता, महिला उद्यमशीलता र आर्थिक समृद्धिमा योगदान पु¥याउनु भएका महिलालाई सम्मान गरिएको हो ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान