पोखरा, १६ जेठ । पोखरा महानगरपालिका भित्र पालिएका गाईभैंसीहरुमा लम्पी स्किन रोगको समस्या देखिएको छ ।
वैशाख १० गतदेखि विशेष गरी गाई प्रजातिमा यो रोगको समस्या देखिएको पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो रोगका कारण हालसम्म पोखरामा ४२ वटा पशुको मृत्यु भएको छ । त्यस्तै सात सय २३ पशु बिरामी छन् । रोग देखिएसँगै खोप लगाउने कार्यलाई तिव्र पारिएको बताइएको छ ।
रोग देखिएको क्षेत्र वरपरमा खोप अभियान जारी रहेको छ । हालसम्म चार हजार पाँच सय पशुलाई खोप लगाइएको शाखाले जनाएको छ ।
शुरुको बेला पोखरा महानगरपालिका वडा नं १८, २९, ३०, ३२ र ३३ मा यो रोगको भेटिएपनि अहिले फैलने क्रम जारी छ । पशुहरुमा लम्पी स्किन रोगको समस्या बढेको छ, शाखा प्रमुख अधिकारीले भन्नुभयो – यसलाई नियन्त्रण गर्न लागिपरेका छौं ।
Related News
सम्बन्धित समाचार
बिनु र तारालाई मिना सिर्जनशील समावेशी पुरस्कार
पोउवा संघको ६९ औं वार्षिक अधिवेशन
राधा–लक्ष्मी स्मृति पुरस्कार शिक्षासेवी चतुरमानलाई
संविधान दिवसमा एमाले गण्डकीको “संचारकर्मीसंग नेकपा (एमाले)“ कार्यक्रम
कुँडहर सहकारीको अध्यक्षमा विश्वबन्धु