निष्टाको गण्डकी अध्यक्षमा दवाडी

राष्ट्र न्यूज सम्वाददाता
जेठ १६, २०८०
Gurudutta

पोखरा, १६ जेठ । नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ(निष्टा)को गण्डकी प्रदेश अध्यक्षमा पोखराका गुरुदत्त शर्मा दवाडी मनोनित हुनुभएको छ ।

निष्टाका केन्द्रीय अध्यक्ष भोलानाथ चालिसेले उहाँलाई मनोनित गर्नुभएको हो । मनोनयन पत्रमा उहाँलाई संघको विधान २०७९ बमोजिम तदर्थ समिति निर्माण र सदस्यता विस्तार गरी तोकिएको समयमा जिल्ला अधिवेशन सम्पन्न गर्न भनिएको छ । अध्यक्षमा मनोनित दवाडी पोखरा २४ कास्कीकोट निवासी हुनुहुन्छ ।

निष्टा संस्थागत तथा निजी विद्यालय (कक्षा १२ सम्म) मा कार्यरत शिक्षक तथा कर्मचारीहरुको पेशागत संस्था हो । निष्टाले नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको मान्यता पाएको छ ।

अध्यक्षमा मनोनित दवाडी विगत २४ वर्षदेखि शेैक्षिक क्षेत्रमा रहदै आउनुभएको छ । उहाँले संस्थागत तथा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको मनोबल उठाउने गरी काम गर्नु र संस्थाको गरिमा माथि उठाउनु आफ्नो मुख्य लक्ष्य हुने प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives