नेपाल प्रेस युनियन कास्कीको पदस्थापन

राष्ट्र न्यूज सम्वाददाता
जेठ १४, २०८०
Union

पोखरा, १४ जेठ । नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी एवं सदस्यको आइतबार पदस्थापन गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मन्त्री दिपेन्द्रबहादुर थापाले प्रमाणपत्र वितरण गर्नुभयो । निर्वाचन समितिका संयोजक राजबहादुर गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो ।

जेठ ७ गते भएको नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनले बासुदेव मिश्रको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको थियो । समितिको उपाध्यक्ष (खुल्ला) विजय लम्साल, उपाध्यक्ष(महिला) ज्योति हमाल, सचिव धनबहादुर गुरुङ (सुमन), सह–सचिव सपना अधिकारी र कोषाध्यक्षमा निराजन अधिकारी हुनुहुन्छ ।

सदस्यमा अजय क्षेत्री, विवेक ढुङ्गाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, अभिनन्दन बजिमय, प्रवीण थापामगर, प्रतिमा सापकोटा, बलबहादुर रोकामगर, देवीका तामाङ र सविन विक रहनुभएको छ ।

कार्यक्रममा मन्त्री दिपेन्द्रबहादुर थापामगरले लोकतन्त्रको लागि मिडिया महत्वपूर्ण अङ्ग भएको बताउनुभयो । ‘लोकतन्त्रमा मिडिया भएन भने मानव अपाङ्ग जस्तै हुन्छ, त्यसैले लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया हो, मन्त्री थापाले भन्नुभयो, ‘मिडियाले अधिकारीको लागि, यथार्थ वस्तु स्थितिको बारेमा सत्य तथ्यको बारेमा मिडियाले जानकारी दिन्छ ।’
निर्वाचन समितिका संयोजक राजबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्षद्वय गंगाधर पराजुली, रमेश पौडेल, गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारी, प्रेस युनियन कास्कीका सल्लाहकारद्वय तारा पाखे र डा.बलराम उपाध्याय रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सिना, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष नविन सिग्देल, निवर्तमान कार्यवाहक अध्यक्ष रविना आले, निर्वाचन समितिका सदस्य हरिप्रसाद भट्टराई र गीता विष्टले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives