पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला

राष्ट्र न्यूज सम्वाददाता
जेठ १२, २०८०
IMG_4180

पोखरा, १२ जेठ । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारितामा आर्टिफिसियल ईन्टेलीजेन्स (एआई) को प्रयोग विषयक कार्यशाला गरेको छ ।

शुक्रबार पोखरामा भएको कार्यक्रममा ६० जना पत्रकारहरुको सहभागिता थियो । मर्कन्टाइल र डाटा रिर्सच काउन्सिल फर स्टुडेन्ट –डीआरसीएफएस) र प्रिक्सा टेक्नोलोजीको सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।

कार्यशालामा एआई लाई पत्रकारितामा कसरी प्रयोग गर्न सकिन्छ, के फेक भ्वाईस रेकर्ड गर्न सकिन्छ , फेक भ्वाईस र फ्याक्ट भ्वाईस कसरी छुट्याउने , एआई ले कसरी समाचार पढ्छ खोजपत्रकारितामा एआईका टुल्स कसरी प्रयोग गर्ने र डाटा सुरक्षा कसरी गर्ने विषयमा डिआरसीएफएसका सह–संस्थापक एवं अध्यक्ष विशाल खराल, मेसिन लर्निङ कन्सल्टेन्ट् अशिम दाहाल र ईन्जिनियर विशाल पाण्डेले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पछिल्लो समय प्रयोगमा आएको एआईका विषयमा जानकारी गराउने उद्देश्यले कार्यशाला राखिएको जानकारी दिनुभयो । भण्डारीले अहिलेको युग डाटाको युग भएकाले डाटा सुरक्षामा समेत ख्याल गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

एआईका विषयमा बुझिएन भने पछि परिने मर्कन्टाइलका निरञ्जन उदासले बताउनुभयो । बाहिरी मुलुकमा एआईको प्रयोग बढ्दै गएको र यसबाट लाभ समेत लिन थालिएको उहाँको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives