पोखरा, १२ जेठ । पोखरामा संयुक्त राष्ट्र संघको नमुना महासभा शुक्रवारदेखि सुरु हुँदैछ ।
तीन दिनसम्म चल्ने महासभामा १५ जिल्लाका एक सय २० जना सहभागी हुने उल्लेख छ । युथ थिंकर्स सोसाइटी (वाइटिएस)ले कार्यक्रम गर्न लागेको हो ।
संस्थाका अध्यक्ष रिजन ढुंगानाले महासभामा पोखराका मेयर प्रमुख अतिथि र अमेरिकन दूतावासबाट एक जना प्रतिनिधि सहभागी हुनुहुनेछ ।
विश्वले नमुना संयुक्त राष्ट्र सम्मेलन कसरी गर्छ ? यसको तयारी कसरी गर्ने लगायत विषयमा महासभामा सहभागीले विश्वव्यापी समस्याहरूको सम्भावित समाधानहरू प्रस्तुत गर्नेछन् ।
सहभागीहरुले तीन विषयमा केन्द्रित भएर महासभामा सहभागी हुनुपर्ने अध्यक्ष ढुंगानाको भनाइ छ । उहाँका अनुसार महासभाका डेलिगेटले आर्थिक मन्दी, फर्जी औषधीका कारण बढ्दै गएको खतराहरु र ई–वेस्टको सुरक्षित डिस्पोजल कसरी व्यवस्थापन गर्ने विषयमा केन्द्रित हुनेछ । सभामा संसदीय प्रक्रिया, नीतिगत छलफल, कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त राष्ट्र संघको बारेमा पनि जान्न सकिन्छ ।
सहभागीले अनुसन्धान, सार्वजनिक भाषण, बहस, लेखन र विशेष गरी आलोचनात्मक विश्लेषण सीपहरूको वृद्धि, कसरी गर्ने लगायतका विभिन्न प्रक्षेपण समेत प्रस्तुत गर्नेछन् ।
उनीहरुले शैक्षिक अनुभव मार्फत राष्ट्रिय तथा विश्वव्यापी मुद्दाहरूको उठाउँछन् । यसले साझा सरोकारका मुद्दाहरूलाई सम्बोधन गर्न प्लेटफर्महरूमा सामेल गर्ने ढुंगानाको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
पोखरा – १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर
पोखरामा विश्व एड्स दिवस मनाइयो
एचआईभी संक्रमित बालबालिकाको अधिकार सुनिश्चित गर्न माग
फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन
लायन्स शितलचौतारीको सहयोग