औषधी र स्वास्थ्य उपकरण बारे जानकारी लिन मुख्यमन्त्री पाण्डे स्टोरमा

राष्ट्र न्यूज सम्वाददाता
जेठ १०, २०८०
343690940_563417199289672_7244983666868372475_n

पोखरा, १० जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधी र स्वास्थ्य उपकरण स्वास्थ्य संस्था मार्फत जनताकहाँ पु¥याउन निर्देशन दिनुभएको छन् ।

स्वास्थ्य जनताको जिवनसँग जोडिएकाले संवेदनशील क्षेत्र रहेको बताउँदै भन्नुभयो ‘औषधी थन्काएर राख्ने होईन, सक्दो जनताकहाँ पु¥याउनुपर्छ ।’

पोखरामा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशको विभिन्न पालिकाका जनप्रतिनिधिहरुले औषधी, स्वास्थ्य उपकरण स्टोरमा हुँदाहुँदै प्रदेश सरकारले नदिएको गुनासो गर्नुभएको थियो । जनप्रतिनिधिको गुनासोपछि बुधवार बिहान आफै स्टोर हेर्न पुग्नुभएका मुख्यमन्त्री पाण्डेले कर्मचारीसँग औषधी थन्काएर राखेको, स्थानीय तहमा नपठाएको हो ? भन्ने प्रश्न गर्नुभएको थियो ।

सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयका सचिव बिनोदबिन्दु शर्माले स्वास्थ्यको प्रोटोकल अनुसार १० प्रतिशत औषधी इमरजेन्सीका लागि स्टक राख्नुपर्ने नियम रहेकाले सोही अनुसार मात्रै स्टोरमा औषधी रहेको जानकारी गराउनुभयो ।

उहाँले सबै प्रकारका औषधी अझै १० प्रतिशत अपुग रहेको भन्दै भएका औषधी जिल्ला अस्पताल र प्रदेश मातहतका स्वास्थ्य संस्थालाई पु¥याउन नसकेको उल्लेख गर्नुभयो । इमरेजन्सीका लागि बाहेक औषधी स्टक नरहेको उहाँले मुख्यमन्त्रीलाई जानकारी गराउनुभयो ।

मुख्यमन्त्री पाण्डेले औषधी १० प्रतिशत राख्नुपर्ने नियम भएपनि स्वास्थ्य उपकरणहरु भने सक्दो धेरै प्रयोगका लागि पठाउन सुझाव दिनुभयो । साथै उहाँले ११ जिल्लाका कम्तीमा एक÷एक पालिकाका प्रमुखहरुलाई बोलाएर स्वास्थ्य प्रोटोकल र नियमबारे पनि थाहा दिनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले आफुलाई गरेको ब्रिफिङ र फिल्डमा फरक नहुने गरी काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभयो । मुख्यमन्त्री पाण्डेले स्वास्थ्यका विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताउँदै अहिलेको स्थित भन्दा आगामी वर्ष स्वास्थ्य क्षेत्रमा केही सुधार गर्ने बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला

    राष्ट्र न्यूज सम्वाददाता जेठ १२, २०८०
    पोखरा, १२ जेठ । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारितामा आर्टिफिसियल ईन्टेलीजेन्स (एआई) को प्रयोग विषयक कार्यशाला गरेको छ । शुक्रबार…
  • पोखरामा राष्ट्र संघको नमुना महासभा हुने

    राष्ट्र न्यूज सम्वाददाता जेठ १२, २०८०
    पोखरा, १२ जेठ । पोखरामा संयुक्त राष्ट्र संघको नमुना महासभा शुक्रवारदेखि सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महासभामा १५ जिल्लाका…
  • लागू औषधसहित तीन जना पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०८०
    पोखरा, ११ जेठ । पोखरामा प्रहरीले लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजार कास्की र…
  • रेडियो हेमजा एघारौं वर्षमा

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०८०
    हेमजा, ११ जेठ । हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो हेमजा ८८.५ मेगाहर्ज एघारौं वर्षमा प्रवेश गरेको छ…
  • पोखरामा बस र स्कुटर ठोक्किदा एकको मृत्यु, एक घाइते

    राष्ट्र न्यूज सम्वाददाता जेठ ४, २०८०
    पोखरा,४ जेठ । पोखरा २२ पुम्दीभुम्दीमा विहीबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते…