पोखरा,४ जेठ । पोखरा २२ पुम्दीभुम्दीमा विहीबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते हुनुभएको छ ।
पुम्दीभुम्दीस्थित भित्री सडकखण्डमा ग.१.ख ३२८७ न. को नगर बस र ग.२३. प ३६८६ नं. को स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटरमा सवार पोखरा महानगरपालिका वडा नं ं२५ हेमजा बस्ने ४६ वर्षीय तुल्सी प्रसाद त्रिपाठीको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उहाँको निधन भएको हो ।
दुर्घटनामा परी घाइते हुनुभएका स्कुटरमा सवार पोखरा महानगरपालिका वडा नं.५ मालेपाटनका २२ वर्षीय शिशिर त्रिपाठीको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । दुर्घटना बारे आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला
पोखरामा राष्ट्र संघको नमुना महासभा हुने
लागू औषधसहित तीन जना पक्राउ
रेडियो हेमजा एघारौं वर्षमा
औषधी र स्वास्थ्य उपकरण बारे जानकारी लिन मुख्यमन्त्री पाण्डे स्टोरमा