महिला नेतृ कोइरालाको निधन

राष्ट्र न्यूज सम्वाददाता
जेठ २, २०८०
Jyoti didi

पोखरा, २ जेठ । नेपाली काँग्रेसकी महिला नेतृ, नेपाली काँग्रेस कास्कीकी सदस्य ज्योती कोइरालाको ६२ वर्षको उमेरमा निधन भएको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मङ्गलबार दिउँसो १ बजे निधन भएको हो । पोखरा महानगरपालिका वडा नं.११ निवासी उहाँ बिगत लामो समयदेखि क्यान्सर रोगवाट पीडित हुनुहुन्थ्यो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा सदैव अग्रपंक्तिमा रहने उहाँ सिद्धान्तप्रति निष्ठावान कर्मशील, अत्यन्त सरल र प्रष्टवादी हुनुहुन्थ्यो । विभिन्न आमा समूह लगायतका सामाजिक क्षेत्रमा क्रियाशील रही उहाँले महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । उहाँका १ श्रीमान, १ छोरा र ४ छोरीहरु हुनुहुन्छ ।

कास्की काँग्रेसले मङ्गलबार नै शोक विज्ञप्ति प्रकाशित गरी उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक संतप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

स्व. कोइरालाप्रति सम्मान प्रकट गर्दै जेठ २, ३ र ४ गते तीन दिनसम्म जिल्ला पार्टी कार्यालयको झण्डा आधा झुकाउने, जेठ ३ गते जिल्ला पार्टी कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनसम्म जिल्ला पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने कास्की काँग्रेसले जनाएको छ ।

उहाँको पार्थिव शरीर आज नै रामघाटस्थित सेती नदी किनारमा अन्त्येष्टी गरिएको छ । नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र जिल्ला सभापति किशोरदत्त बरालले पार्टीको चार तारे झण्डा अ‍ोढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives