पोखरा,१ जेठ । पोखरा उद्योग वाणिज्य संघले कार्यसमिति सदस्य सौगात थापालाई राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० को मिति सिफारिस तथा मेला प्रारुप सुझाव उपसमितिको संयोजकको जिम्मेवारी सुम्पेको छ ।
संघको ११ औं कार्यसमिति बैठकले उहाँलाई सो जिम्मेवारी प्रदान गरेको हो । संंयोजकको रुपमा थापाले मेलालाई कसरी उद्योगी÷व्यवसाय प्रवद्र्धनको माध्यम बनाउने भन्नेबारे विज्ञहरुसँग छलफल गरी संघलाई सुझाव प्रदान गर्ने महासचिव बलराम आचार्यले जानकारी दिनुभयो ।
उपसमितिको लागि आवश्यक सदस्य छान्ने जिम्मेवारी थापालाई नै प्रदान गरिएको छ । थापाले आउँदो असारको अन्तिमसम्म आफ्नो रायसहितको सुझाव संंघलाई बुझाउनुपर्ने छ ।
उहाँलाई उपसमितिका सदस्यहरु छान्ने जिम्मेवारी पनि प्रदान गरिएको छ । नेपालमा संगठित रुपले पहिलो पटक मेला र महोत्सव आयोजनाको इतिहास बनाएको संघले वर्षेनी आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेलालाई परिस्कृत गर्नुपर्ने महशुस भएपछि सो उपसमिति गठन गरिएको हो ।
पोखराको प्रतिष्ठित घराना अंशुभराका प्रबन्ध निर्देशकसमेत रहनु भएका थापा युवा उद्यमी हुनुहुन्छ । अशुंभराको छातामुनि रियलस्टेट,बैंकिङ,हस्पिटालिटी,आइटी, अटोमोवाइल्स, मललगायतका व्यवसाय रहेका छन् ।
नेपाल उवा संघको रोजगारदाता परिषद् सदस्यमा पोेउवा संघका अध्यक्ष प्रजापति
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद् सदस्यमा मनोनित हुनुभएको छ ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उहाँलाई सो पदमा मनोनित गर्नुभएको हो । महासंघमा रहेको रोजगारदाता परिषद्लाई रोजगारी सिर्जना तथा रोजगार क्षेत्रमा देखिएका समस्याहरु संवोधन गर्ने जिम्मेवारी रहेको छ ।
महासंघकी उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ रोजगारदाता परिषद्को अध्यक्ष हुनुहुन्छ ।
Related News
सम्बन्धित समाचार
एचआईभी संक्रमित बालबालिकाको अधिकार सुनिश्चित गर्न माग
फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन
लायन्स शितलचौतारीको सहयोग
प्रहरीद्वारा पटका र आतसबाजीका सामग्री नियन्त्रण
पोखरामा प्लाष्टिकका फुुल गुच्छा र माला बिक्री वितरणमा रोक