काठमाण्डौका युवक पोखरामा बेपत्ता

राष्ट्र न्यूज सम्वाददाता
जेठ १, २०८०
logo

पोखरा, १ जेठ । काठमाण्डौ टोखा नगरपालिका वडा नं.८ टोखा बस्ने २८ वर्षीय विश्वास अर्याल बेपत्ता हुनुभएको छ ।

उहाँ वैशाख २९ गतेदेखि वेपत्ता हुनुभएको हो । घरबाट पोखरा साथीको बिहेमा जान्छु भनी हिडेकोमा हालसम्म सम्पर्कमा नआएको आफन्तको भनाइ छ ।

उहाँका आफन्तले खोजतलास गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिनुभएको ेछ । आफन्तको निवेदनपछि प्रहरीले सम्भावित स्थानमा खोजी कार्य अघि बढाएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News