पोखरा, २९ वैशाख । क्रेनको ठक्करबाट पोखरामा एक महिलाको मृत्यु भएको छ ।
क्रेनको ठक्करबाट कास्की माछापूच्छ्रे गाउँपालिका वडा नं.७ लाहाचोक बस्ने ३८ वर्षिया धना अधिकारीको मृत्यु भएको हो । विहीबार पोखरा मालेपाटन स्थित पोखरा बाग्लुङ सडक खण्डमा पस्र्याङबाट जिरो किमीतर्फ जादै गरेको ग.१.क ५८०५ नं. को क्रेनले बाटो काट्दै गरेको अवस्थामा अधिकारीलाई ठक्कर दिएको थियो ।
दुर्घटना पछि घाइते अधिकारीलाई गण्डकी मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएकोमा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना बारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
Related News
सम्बन्धित समाचार
अन्नपूर्ण गाउँपालिकाको एक वर्ष
नयाँ ‘मिष्टर नेपाल’ को खोजी, पोखरा अडिसन जेठ ६ गते
महानगरद्वारा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता
विद्युतीय पार्श्वचित्र सम्बन्धी छलफल
कालिखोला–काँहुकोट अग्र्यानिक पदमार्गको शिलान्यास