.
पोखरा, २९ वैशाख । गण्डकी प्रदेश सरकारले शुक्रबार पूर्णता पाएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । उहाँले शुक्रबार नै मन्त्रीहरुको कार्यविभाजन पनि गर्नुभएको छ ।
वैशाख १४ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त हुनुभएको थियो । सोही दिन दुई मन्त्री नियुक्त गर्नुभएका मुख्यमन्त्रीले शुक्रबार चार मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।
उहाँले शुक्रबार काँग्रेसबाट महेन्द्रध्वज जिसीलाई कृषि तथा भूमि व्यवस्था, जित प्रकाश आलेलाई आर्थिक मामिला, दीपेन्द्र बहादुर थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण र नेकपा माओवादीबाट रेशम बहादुर जुग्जालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीमा नियुक्त गर्नुभएको छ ।
यसअघि माओवादी केन्द्रबाट मन्त्रीमा नियुक्त सुशीला सिंखडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र नेपाली काँग्रेसबाट नियुक्त सरस्वती अर्याल तिवारीलाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।
।
Related News
सम्बन्धित समाचार
हेमजामा फागुन ११ गते प्रथम मौरी महोत्सव हुने
माछापुच्छ्रे गाउँपालिका सिधिङमा गायिका समिक्षालाई सम्मान
अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई थप उपचारका लागि काठमाण्डौ लगियो
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी