पोखरा, २३ बैशाख । नेशलन प्याव्सन कास्कीको आयोजनामा दुई दिने शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
दुई दिनको प्रशिक्षण कार्यक्रममा एन प्याव्सनमा आवद्ध विद्यालयका करिव ६ सय ५० जना शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो । तालिममा कक्षा १ देखि १० सम्मका विषयगत शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो ।
नयाँ पाठ्यक्रमको वारेमा सहजिकरणसँगै शिक्षण पद्धति र मूल्याड्ढन पद्धतिका विषयमा रहेर तालिम आयोजना गरिएको एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिनुभयो ।
गणित, अंग्रेजी, विज्ञान, सामाजिक र नेपाली विषयका शिक्षक शिक्षिकालाई तालिम दिइएको कार्यक्रम संयोजक सञ्जय पौडेलले जानकारी दिनुभयो । तालिममा प्रा.डा. लक्ष्मण ज्ञावली, नारायण खतिवडा, नवराज पाठक, युवराज गौतम, एम.एस साउद, प्रा.डा. रमेश भट्टराई, तारानाथ बराल, जयप्रकाश श्रीवास्तवले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष यामबहादुर खड्काले तालिमले शिक्षण पद्धतिमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।
एन प्याव्सन गण्डकीका अध्यक्ष रामबहादुर मोचीले हरेक विद्यार्थीमा फरक फरक क्षमता हुने भएकोले एउटै पद्धतिको सिकाईले विद्यार्थीमा क्षमता अभिवृद्वि गर्न नसकिने बताउनुभयो ।
एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रा.डा.रमेश भट्टराई, शिक्षक विष्णुहरी पौडेल, एन प्याव्सन कास्कीका सचिव मनकाजी गुरुङले बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
हेमजामा फागुन ११ गते प्रथम मौरी महोत्सव हुने
माछापुच्छ्रे गाउँपालिका सिधिङमा गायिका समिक्षालाई सम्मान
अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई थप उपचारका लागि काठमाण्डौ लगियो
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी