तेस्रो हेमजा हिले महोत्सव २०८० हुने

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १८, २०८०
logo

हेमजा, १८ वैशाख । पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा तेस्रो हेमजा हिले महोत्सव २०८० हुने भएको छ ।

आगामी असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना हुने भएको हो ।

महोत्सव देवीस्थान टोल पोखरा २५ हेमजामा हुने छ । सोमबार हेमजामा बसेको भेलाले हरिशरण पौडेलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ ।

अर्थ संकलन उपसमिति संयोजकमा इन्द्रबहादुर कुँवर, प्रचारप्रसार उपसमिति संयोजकमा कृष्णबहादुर कुँवर, महोत्सव ब्यवस्थापन उपसमिति संयोजकमा बिष्णु प्रसाद तिमिल्सिना, स्वागत सत्कार उपसमिति संयोजकमा अञ्जिता तिमिल्सिना, कार्यक्रम सञ्चालन उपसमिति संयोजकको जिम्मेवारी जीवन खत्रीलाई दिइएको छ ।

भेलाले खाजा तथा खानेपानी उपसमिति संयोजकमा गोमा बाँस्तोला, स्वयंसेवक तथा युवा परिचालन उपसमिति संयोजकमा जीवन बाँस्तोला, सचिवालय ब्यवस्थापन उपसमिति संयोजकमा जीवन खत्री, मञ्च ब्यवस्थापन उपसमिति संयोजकमा खिमलाल तिमिल्सिना, यातायात ब्यवस्थापन उपसमिति संयोजकमा सुवास कुँवर, पुरस्कार, मायाको चिनो तथा साउण्ड सिस्टम ब्यवस्थापन उपसमिति संयोजकको जिम्मा बिष्णु भण्डारीले पाउनु भएको छ ।

त्यस्तै सरसफाई उपसमिति संयोजकमा इन्द्र त्रिपाठी, सांस्कृतिक ब्यवस्थापन उपसमिति संयोजकमा बुद्धदेवी कुँवर, निर्णायक खेल सञ्चालन उपसमिति संयोजकमा सुविन श्रेष्ठ र महिला परिचालन उपसमिति संयोजक उमा भुर्तेल पौडेल रहनुभएको देवीस्थान सेवा समाजका सचिव जीवन खत्रीले जानकारी दिनुभयो ।

देवीस्थान सेवा समाजका अध्यक्ष हरिशरण पौडेलको अध्यक्षतामा भएको भेलाको सञ्चालन सचिव खत्रीले गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives