कालिका बहुमुखीमा उद्यमशिल साझेदारी कार्यक्रम शुरु

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १८, २०८०
Kalika

पोखरा, १८ वैशाख । कालिका बहुमुखी क्याम्पस काजिपोखरीमा उद्यमशील साझेदारी कार्यक्रम शुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले कार्यक्रम शुभारम्भ गर्नुभयो । उहाँले शिक्षासगै विद्यार्थीहरुमा उद्यमी कसरी बन्न सकिन्छ भन्ने सोचको पनि विकास हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कालिका क्यम्पसले आगाडी सारेको यो परियोजनालाई विश्वविद्यालयले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । विश्वविद्यालय अनुदान आयोग, अनुसन्धान तथा छात्रवृत्ति महाशाखाका निर्देशेक डा. प्रमोद पौडेलले विद्यार्थीहरु उद्यमी भए आफैले रोजगारी सिर्जना गरेर अरुलाइ रोजगार दिने र राज्यलाइ कर समेत तिर्न सक्ने हुँदा राज्यलाई समेत फाइदा हुने बताउनुभयो ।

क्याम्पस प्रमुख विरन्जी गौतमले क्याम्पसले ल्याएको यो परियोजनालाई विद्यार्थीहरुले अवसरको रुपमा लिएर सदुपयोग गर्न आग्रह गर्नुभयो ।

क्यम्पस संचालक समितिका अध्यक्ष किरण केसीले उद्यमशीलताले विद्यार्थीहरुलाई रोजगारी खोज्दै भौतारिनु नपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा पोखराका उद्यमीहरु काठमाडौ वेकरीका संचालक रोशन महर्जन, स्टेसन फूड क्लब र ससेज पर्कका संचालक आयुष श्रेष्ठ, महिला कृषि उद्यमी उषा पौडेलले उद्यमी बन्दा आइपर्ने कठिनाइ, सफलता लगायतका विषयमा बोल्नुभयो ।

कार्यक्रममा क्याम्पसका इन्क्युवियसन केन्द्रका स्रोत व्यक्ति विश्णु तिमिल्सिना सहायक क्याम्पस प्रमुख युवराज गुरुङ लगायतले बोल्नुभएको थियो । कार्यक्रममा क्याम्पसका प्राध्यापक, विद्यार्थी, कर्मचारी, संचालक समितिका पधाधिकारीहरुको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives