नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको जिल्ला अधिवेशन वैशाख १८ गते

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १६, २०८०
p 16 kaski

पोखरा, १६ वैशाख । वैशाख १८ गते पोखरामा हुने नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको सातौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ ।

शनिबार पत्रकार सम्मेलन गर्दै जिल्ला भरका सात हजार बढि श्रमिक आवद्ध रहेको एटियुसीको जिल्ला अधिवेशन अन्तर्राट्रिय श्रमिक दिवसको दिन वैशाख १८ गते सोमबार हुने जिल्ला अध्यक्ष विजयराज भण्डारीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले अधिवेशन उद्घाटन गर्नु हुनेछ । दुई सय ५० जना अधिवेशन प्रतिनिधि रहने कार्यक्रममा जिल्लामा आवद्ध १८ वटा प्रतिष्ठानबाट पर्यवेक्षकका रुपमा सहभागिता रहने सचिव रुद्रप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । अधिवेशनले सचिव, कोषाध्यक्षको प्रतिवेदन र नयाँ नेतृत्व चयन गर्नेछ ।

श्रमिकहरुको हक अधिकार प्राप्ति, समस्या समाधानको लागि संगठित प्रजातान्त्रिक विचार धारामा विश्वास गर्ने श्रमिकहरुको एकतामा अधिवेशनले जोड दिने छ ।

४ वर्षे कार्यकाल रहने नयाँ नेतृत्व आवद्ध १८ वटा प्रतिष्ठानबाट आएका प्रतिनिधिबाट चुनिने छ । नयाँ नेतृत्व चयनसँगै केन्द्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि, महिला समिति, युवा समिति समेत चयन हुनेछ ।

पत्रकार सम्मेलनमा उठेका प्रश्नहरुको जवाफ नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा, नेका महाधिवेशन प्रतिनिधि एवं एटियुसी कास्कीका निवर्तमान अध्यक्ष कुलदेवी बराल, केन्द्रीय सदस्य जीतबहादुर गुरुङ, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, एनटियुसीका पूर्व अध्यक्ष शिवराज अधिकारी, नेपाल प्रेस युनियन गण्डकी अध्यक्ष टंक अधिकारी लगायतले जवाफ दिनुभयो ।

पत्रकार सम्मेलनमा श्रमिकका मुद्धा राजनीतिक दलले कमजोर बनाउने काम गरे चुप लागेर नबस्ने चेतावनी समेत दिइएको थियो । दिनानुदिन श्रमिकलाई राज्यले उपेक्षा गरिरहेको चर्चा चलिरहँदा नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिक मैत्री राज्यको नारा बोकेर अधिवेशनमा होमिएको जिल्ला अध्यक्ष विजयराज भण्डारीकोे भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १५, २०८१
    पोखरा, १५ वैशाख । पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुव्र्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न…
  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…

Archives

Archives