पोखरा, ११ वैशाख । पोखरामा महानगरपालिका वडा नं ९ स्तरीय कृषि संजालले निःशुल्क मल, बिउ तथा बिरुवा वितरण गरेको छ ।
संजालद्धारा आयोजित कार्यक्रममा संस्थासँग आवद्ध झन्डै २ सय किसानहरुलाई सो मल, बिउ तथा बिरुवा वितरण गरिएको हो ।
सो कार्यक्रममा बोल्दै वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले शहरी क्षेत्रमा बढ्दो जनघनत्व भएपनि तरकारी खेतीमा आत्मनिर्भर हुन सकेमा आयातलाई प्रतिस्थापन मात्र गर्ने नभई अर्गानिक तरकारीको सेवन गर्न सकिने बताउनुभयो । उहाँले वडा भरीमा घर वरपर जग्गाको सिमितता भएपनि कौशी खेती गर्नको लागि प्रोत्साहीत गर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष बिमला रानाभाटले सानै लगानी र लगनशीलताले घरमै अर्गानिक तरकारी फलाउन सकिने बताउनुभयो ।
त्यसैगरी संस्थाका सचिव शान्ति भुजेल लगायतले कौशी खेतीको फाइदा बारे आफ्नो भनाइ राख्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न