पोखरा, १० वैशाख । छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ समाजको १७ औ वार्षिक सम्मेलन तथा साधारण सभाले प्रा. डा. सरास्वती न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा डा. मनिषा सिंह, सचिवमा डा. निरज पराजुली, कोषाध्यक्षमा डा. रमेश शर्मा, संयुक्त सचिवमा डा. मोहन भुषाल र सदस्यहरुमा डा. सुवाष बराल, डा. सूचना मरहट्टा, डा.अदिति मिश्र, डा. रवीन्द्र बास्कोटा रहनुभएको छ ।
कार्यक्रम उद्घाटन गर्दै काठमाडौँ बिश्व विद्यालयका उपकुलपति डा. भोला थापाले बिश्वबिद्यालयले योगीक विद्यालयको कक्षा संचालन गर्ने तयारी गरिरहेको बताउनुभयो ।
प्रा. डा. गुन्टर बुर्गले आफुले धेरै वर्ष देखि समाजसँग नजिक रहेको र यसको प्रगती हुँदै गएको बताउनुभयो ।
वैशाख ८ र ९ गते भएको साधारण सभा डा. सृष्टि श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
मादी गाउँपालिकामा सोँथर बेँसी टारी बजार मेला शुरु, गोरु जुधाइँ प्रतियोगितामा पदमबहादुरको गोरु प्रथम
पोखरा महोत्सवमा रचना रिमालको प्रस्तुतिमा झुमे पोखरेली
पोखरा महोत्सवमा दर्शकको भीड
एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको १६ र १७ गते काठमाण्डौमा
पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता शुरु