अन्नपूर्णमा बजार अनुगमन, यस्तो भेटियो अवस्था

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ६, २०८०
bazar anugaman 3

पोखरा, ६ वैशाख । कास्कीको अन्नपूर्ण गाउँपालिकाले बजार अनुगमन गर्न सुरू गरेको छ ।

गाउँपालिका उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा प्रमुख नारायण क्षेत्री संयोजकत्वको टोलीले मंगलबारदेखि गाउँपालिकाका रेष्टुरेन्ट र किराना पसलमा अनुगन सुरू गरेको हो ।

बजार अनुगमनसम्बन्धी कार्यविधि २०७४ सालमा बने पनि गाउँपालिकाले बजार अनुगमन गरेको यो पहिलोपटक हो । २ महिनाअघि क्षेत्री संयोजक भएपछि पहिलोपटक अनुगमन थालिएको हो ।

मंगलबार अन्नपूर्ण–१ को फेदी, लेवाडे, नौडाँडाका ३५ वटा रेष्टुरेन्ट र किराना पसलको अनुगमन गरिएको संयोजक क्षेत्रीले जानकारी दिनुभयो । ३५ मध्ये प्रायः किराना पसल र रेष्टुरेन्टमा म्याद गुज्रेका सामान भेटिएको उहाँले बताउनुभयो । ‘आफैं त्यसलाई नष्ट गर्नुस् भन्यौं । अर्कोपटक भेटिए हामी नष्ट गर्छौं भन्ने चेतावनी दिएर एकपटकलाई छोडेका छौं,’ संयोजक क्षेत्रीले भन्नुभयो ।

उहाँकाअनुसार अनुगमन गरिएकामध्ये एकाधबाहेक पसलको नवीकरण मिति सकिएको पाइयो । नवीकरण नगरेकालाई एक हप्ताभित्र गाउँपालिकामा आएर कर चुक्ता गर्न लिखित चेतावनी दिइएको संयोजक क्षेत्रीले जानकारी दिनुभयो । ‘कतिपयले व्यवसाय दर्ता नगरेको पनि भेटियो ।

अन्नपूर्णमा ५ सदस्यीय बजार अनुगनम समिति छ । उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा प्रमुखको संयोजकत्वको टोलीमा गाउँपालिकाकै राजस्व शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, स्थानीय प्रहरी चौकीका प्रतिनिधि र एक जना पत्रकार सदस्य रहने व्यवस्था गाउँपालिकाको अनुगमन कार्यविधिले व्यवस्था गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives