पोखरा, ४ वैशाख । ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल काँहुखोला शाखाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
त्यस अवसरमा ७० वर्ष भन्दा बढी उमेर पुग्नुभएका ३६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
ज्येष्ठ नागरिक समाजको गहना भएको र उहाँहरुको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
संस्थाका अध्यक्ष राम बहादुर खत्री र उपाध्यक्ष लक्ष्मी केसीले उहाँहरुलाई सल र अवीर लगाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष खत्री र उपाध्यक्ष केसीले समाजको हितमा सबैले सोच्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रम लिडर राधा बलयकोटी मौरती र पूर्ण बहादुर गुरुङले संचालन गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन
पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?