पोखरा, ३ वैशाख । युनाइटेड क्लब पोखराले पोखरा ३३ तल्लो पुँडिटारमा रहेको भुलभुला आधारभूत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ ।
क्लबको १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत विद्यालयमा स्थापना गरिएको पुस्तकालय हस्तान्तरण गरेको हो ।
पुस्तकालयको पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्दै युनाइटेड क्लबद्धारा स्थापना गरिएको पुस्तकालयको संरक्षण र पुस्तकालयमा पुस्तकको ब्यवस्थाको लागि आफ्नो वडाले सहयोग गर्ने उल्लेख गर्नुभयो ।
क्लबका सल्लाहकार तीर्थ श्रेष्ठले युनाइटेड क्लबले स्थापनाकालदेखि समाजमा उल्लेखनीय काम गर्दै आईरहेको बताउनुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर पोखरेल, प्रध्यानाध्यापक छविलाल पौडेलले पुस्तकालयको अभाव खड्किरहेको अवस्थामा सहयोग पाउँदा ठूलो राहत मिलेको बताउनुभयो ।
युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष हिमालय बख्रेल, भुलभुला सामुदायिक वनका अध्यक्ष बैकुण्ठ गोदार, भुलभुला आमा समूहकी अध्यक्ष इश्वरी पोखरेल, क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापा, महासचिव दिनेश सुनार र प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक गणेश तिमिल्सिनाले बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
व्यापार मेलामा जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुलाई प्रवेश निःशुल्क
पोखरा – १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर
एचआईभी संक्रमित बालबालिकाको अधिकार सुनिश्चित गर्न माग
लायन्स शितलचौतारीको सहयोग
प्रहरीद्वारा पटका र आतसबाजीका सामग्री नियन्त्रण