पोखरा, १ वैशाख । पोखरा महानगरपालिका वडा नं ३० को शिशुवामा शिशुवा नौबिसे टोलमा निर्माण गरिएको ढलान बाटोको उद्घाटन गरिएको छ।
महानगरपालिका तथा उपभोक्ताको संयुक्त लगानीमा २२ लाख ८ हजार रुपैयाँ लागतमा निर्माण भएको एक सय ४८ मिटर ढलान बाटोको पोखरा महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष दुर्गा बहादुर सुबेदी र निवर्तमान वडा अध्यक्ष श्रीराम पोख्रेलले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष दुर्गा बहादुर सुबेदीले उपभोक्ताको अग्रसरतामा नमूना बाटो बनेको र महानगरपालिकासँगको सहाभागिता तथा सहकार्यमा कुनै पनि विकास निर्माण कार्यमा वडा तत्पर रहेको बताउनुभये ।
निवर्तमान वडा अध्यक्ष श्रीराम पोख्रेलले कुनैपनि सामाजिक सेवाका लागि सदैव अग्रसर रहने बताउनुभयो ।
बाटो निर्माण समितिका अध्यक्ष बिजय गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य उमा परियार, टोल विकास संस्थाका अध्यक्ष सुमित्रा सुबेदी, नागरिक परोपकार समन्वय संस्था, पोखरा– ३० का अध्यक्ष चिरन्जीवी तिवारीले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य कार्यसमितिका तर्फबाट राजेन्द्र ओझाले र संचालन सुरेन्द्र पौडेलले गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन
पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?