सामुदायिक सेवा केन्द्र वगरको भित्ते पात्रो विमोचन

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २८, २०७९
bhite patro

पोखरा, २८ चैत । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरले प्रकाशन गरेको भित्ते पात्रो विमोचन गरेको छ ।

त्यस अवसरमा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान, सुरक्षासँग सम्वन्धित अन्तरक्रिया कार्यक्रम तथा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकलाई स्वागत तथा सम्मान गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले भित्ते पात्रो विमोचन गर्नुभयो । कार्यक्रममा उहाँले प्रहरी र समुदायको सम्वन्ध जोड्ने काम सामुदायिक केन्द्रले गरेको बताउनुभयो ।

सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय कास्कीका प्रथम उपाध्यक्ष मनपति भण्डारीले कास्कीका सामुदायिक अन्य जिल्लाको तुलनामा सक्रिय भएर काम गरेको बताउनुभयो ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सीता गुरुङले संस्थाले विधान लक्षीत कार्यक्रम गर्न सकेमा लक्ष्य पूरा हुने बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नंं १ का वडा सदस्य जुमकाजी गुरुङले समुदायमा सचेतना जगाउन सामुदायिक केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष नेत्रलाल भण्डारीले वगर सामुदायिकले गरेका हरेक कार्यक्रम उत्कृष्ट रहेको बताउनुभयो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले सामुदायिक सेवा केन्द्र वगरको निरीक्षण गर्नुभएको थियो ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शिवराज अधिकारी र कोषाध्यक्ष कृष्ण बहादुर तामाड्डले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives