पोखरा, २४ चैत । पोखरा महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले मापदण्ड मिचेर संरचना बनाए भत्काइदिने चेतावनी दिनुभएको छ ।
हवेली मार्ग हुदैं मान्द्रेढुङ्गा जाने ढलान बाटोको शुक्रवार उद्घाटन गदै वडाध्यक्ष कार्कीले कानून विपरीत काम गरे खरो रुपमा उत्रने चेतावनी दिनुभयो ।
जनताको दुःख, सुखमा साथै छु, समस्या लिएर आउनुहोस् समाधान गर्छु उहाँले भन्नुभयो । तर सार्वजनिक सम्पत्तिमा हुने हस्तक्षेप र मिचाहा प्रवृत्ति भने स्वीकार्य नहुने उहाँको भनाइ छ ।
भित्री सडक मर्मत र विस्तारका क्रममा सडक हडपेको पाइएकाले डोजर लिएर आउनुपर्ने अवस्था सृजना नगर्न उहाँको आग्रह छ ।
वडामा २५ करोड बराबरको बजेट रहेको उल्लेख गर्दै उहाँले एक सय ८० वटा भन्दा बढी योजनामा अहिले काम भइरहेको जानकारी दिनुभयो ।
कालिका क्याम्पस अगाडीको हवेली मार्ग उपभोक्ता र वडाको लगानीमा ढलान गरिएको उपभोक्ता समितिका सचिव किरण अधिकारीले जानकारी दिनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष देव बहादुर कार्कीले हवेली मार्ग हुदैं मान्द्रेढुड्गासम्म जोड्ने सडक ढलानका लागि बजेटको व्यवस्था गर्न माग गर्नुभयो ।
Related News
सम्बन्धित समाचार
व्यापार मेलामा जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुलाई प्रवेश निःशुल्क
पोखरा – १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर
एचआईभी संक्रमित बालबालिकाको अधिकार सुनिश्चित गर्न माग
लायन्स शितलचौतारीको सहयोग
प्रहरीद्वारा पटका र आतसबाजीका सामग्री नियन्त्रण