पोखरा, २३ चैत । पोखरा १३ सिग्देल मार्ग स्थित सांदीपन प्रि–स्कूलमा विहीबार विविध कार्यक्रम सहित पुरस्कार वितरण गरिएको छ ।
शैक्षिक वर्ष २०७९ मा उत्कृष्ट भएका विद्यार्थी र विभिन्न क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।
स्कूलले बालबालिकाको पढाई, सिकाई सँगै बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान गर्ने उद्देश्य लिएको छ । स्कूलमा प्रि–नर्सरी, नर्सरी, ए.के.जी र यु.के.जीका कक्षा संचालनमा छन् । बालबालिका लक्षित विद्यालयमा २ वर्ष उमेरदेखिका विद्यार्थी अध्ययरत छन् ।
बालबालिकाका लागि आवश्यक क्रियाकलाप गर्छाै, बालबालिका सुहाउँदो पाठ्यक्रम छानेका छौं विद्यालयकी अध्यक्ष सपना पोख्रेल सिग्देलले भन्नुभयो, हामी सबैबाट रचनात्मक सुझावका अपेक्षा गर्छाै ।
कार्यक्रममा विद्यालयका संरक्षक नवीन सिग्देल, शिक्षिकाहरु सुष्मा सेन्चुरी र करिष्मा रानाले बोल्नु भएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरा – १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर
पोखरामा विश्व एड्स दिवस मनाइयो
एचआईभी संक्रमित बालबालिकाको अधिकार सुनिश्चित गर्न माग
फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन
लायन्स शितलचौतारीको सहयोग