मुक्तिनाथ स्मृति प्रतिष्ठानद्वारा स्रष्टा सम्मान

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २१, २०७९
IMG-65431a93cb1be367ddc3cc63c61da691-V

पोखरा, २१ चैत । मुक्तिनाथ स्मृति प्रतिष्ठानले पोखरामा स्रष्टा सम्मान गरेको छ ।

पण्डित मुक्तिनाथ शर्माको चौतिसौं स्मृति दिवस तथा पाँचौ अधिवेशन सँगै स्रष्टा सम्मान गरिएको हो ।

विभिन्न क्षेत्रका प्राज्ञहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा नेपाली तथा अङ्ग्रेजी साहित्यमा योगदान गर्नुहुने डा. यमबहादुर क्षेत्री, विष्णु प्रसाद पौडेल हुनुहुन्छ ।

आफ्नो पुख्र्याैली पेशालाई निरन्तरता दिनुहुने रामबहादुर सुचिकार र सारङ्गीका वरिष्ठ प्रशिक्षक एवं गायक खिमबहादुर गायकलाई सम्मान गरिएको छ । उहाँहरुलाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति, वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले सम्मान गर्नुभयो ।

कार्यक्रममा सम्मानित व्यत्तित्व प्रा. डा यमबहादुर क्षेत्री, प्रा.डा विष्णु प्रसाद पौडेल, संस्थाका अध्यक्ष मोहन थापा, पोखरा महानगरपालिका वडा नं १६ का अध्यक्ष अमृत प्रसाद तिमिल्सिना, सहसचिव भिम बहादुर गायक, रामबहादुर बाँनिया, प्रकाश तिमिल्सिना, रुद्रप्रसाद देवकोटा लगायतले बोल्नुभएको थियो ।

यसैगरी अधिवेशनले प्रकाश तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष कमला तिमिल्सिना, सचिव पुष्पराज तिमिल्सिना, सहसचिव भिम गायक र कोषाध्यक्ष सविना तिमिल्सिना रहनुभएको छ ।

त्यस्तै सदस्यमा रुद्रनाथ देवकोटा, टंकनाथ तिमिल्सिना, किरण तिमिल्सिना र अम्बर बहादुर थापा चयन हुनुभएको छ ।

Related News

सम्बन्धित समाचार