हेमजा, १८ चैत । ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको मिति नजिकिदै गर्दा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा सरसफाइ गरिएको छ ।
महोत्सव आयोजक विष्णु पादुका क्लबको आयोजनामा हेमजाको तिब्बतीयन क्याम्पदेखि साझाचोक हुदै चाक्लेकुलासम्म सरसफाइ गरिएको थियो ।
विष्णु पादुका क्लबका पदाधिकारीहरु, हेमजामा रहेका विभिन्न संघ सस्था, आमा समूह, युवा क्लब तथा स्थानीयहरुले सहभागिता जनाएको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सवका महासचिव बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विगतका वर्षहरुमा पनि हेमजा आलु महोत्सवमा महोत्सव स्थल परिसर र आसपासका टोलहरुमा सरसफाइ गरिदै आएको र सरसफाइ कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने हेमजा आलु महोत्सव मूल आयोजक समारोह समितिका संयोजक तथा विष्णु पादुका क्लवका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
विष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा यही चैतको २६ गतेदेखि वैशाख ३ गतेसम्म विष्णु पादुका खेल मैदानमा महोत्सव हुदैछ ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान