पोखरा, १८ चैत । पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिना र पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली एकै मञ्चमा सम्मानित हुनुभएको छ ।
सराङकोट स्थित सौरेखोला चौरपाखा मोटरबाटो निर्माण समितिले वडाध्यक्षद्वय तिमिल्सिना र पराजुलीलाई बाटो निर्माणमा महत्वपूर्ण सहयोग पु¥याएको भन्दै दोसल्ला तथा सम्मानपत्रले सम्मान गरेको हो ।
बाटो स्तरउन्नती कार्यको आय व्यय सार्वजनिक, सम्मान एवम् छलफल कार्यक्रमका बीच वडाध्यक्षद्वयलाई सम्मान गरिएको थियो । सम्मानित भएका हुन् ।
सम्मान पछि पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले ओझेलमा परेका सडकहरुको स्तरउन्नतीमा वडाको ध्यान गएको उल्लेख गर्दै आगामी४ वर्षमा सडक स्तरउन्नतीमा छलाङ मार्ने बताउनुभयो ।
पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले भौगोलिक विकटता भएका वडामा महानगरले प्राथमिकता दिनुपर्ने भन्दै विकास निरन्तर चल्ने प्रक्रिया भएको बताउनुभयो ।
त्यस अवसरमा पोखरा १८ का वडा सदस्यद्वय नमराज सुवेदी र कल्पना ढकाल क्षेत्री, बाटो निर्माण समितिका अध्यक्ष श्रीभद्र पौडेल, सचिव माया अधिकारी, सल्लाहकार टंकप्रसाद अधिकारी, अनुगमन समितिका सदस्य हरिश्चन्द्र अधिकारी, कोषाध्यक्ष इन्द्रबहादुर केसी लगायतले सडकको महत्वमाथि प्रकाश पार्नुभयो ।
Related News
सम्बन्धित समाचार
व्यापार मेलामा जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुलाई प्रवेश निःशुल्क
पोखरा – १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर
एचआईभी संक्रमित बालबालिकाको अधिकार सुनिश्चित गर्न माग
लायन्स शितलचौतारीको सहयोग
प्रहरीद्वारा पटका र आतसबाजीका सामग्री नियन्त्रण