नौंचु पैंगी लामा महायन बौद्व गुम्बा पुनर्निमाणसँगै विविध कार्यक्रम

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १७, २०७९
IMG_0229

पोखरा, १७ चैत । कास्कीको मादी गाउँपालिका वडा नं २ ताङतिङमा नौंचु पैंगी लामा महायन बौद्व गुम्बाको पुननिर्माण गरी उद्घाटन गरिएको छ ।
उद्घाटन अवसर सँगै तीन दिनसम्म विविध कार्यक्रम पनि गरिएको सचिव प्रेम प्रसाद गुरुङले बताउनुभयो । गुम्बाको गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गर्नुभएको थियो ।

सोही अवसरमा हिमपति पाठ वाचन र भगवान बुद्वको महान वाणी प्रज्ञापारमिता (वुम) वाचनसँगै गुम्बाको प्राणप्रतिष्ठा गरिएको थियो । गुरु स्याम्पा रिम्पोच्छेले अभिषेक प्रदान गर्नुभएको थियो ।

तीन दिनको पूजा कार्यक्रम बौद्व अर्घाै सदन रामघाटका प्रमुख लामा ख्याम्पो शिर लामाको नेतृत्वमा भएको हो । गुम्बाको कृषि, उर्जा तथा जलस्रोत मन्त्री वेद बहादुर गुरुङले निरीक्षण गर्नुभएको थियो ।

तीन दिनसम्म आयोजित कार्यक्रममा चन्दादाता, विभिन्न सघसंस्था, परिवार समूह, चेलिबेटीहरुले आर्थिक सहयोग गरेको कोषाध्यक्ष क्याप्टेन मन बहादुर गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा २० लाख ९२ हजार तीन सय ५५ रुपैया संकलन भएको थियो । कार्यक्रममा कुल नौ लाख ६ हजार ३ सय ९४ रुपैया खर्च भई ११ लाख ८५ हजार नौ सय ६१ रुपैया बचत भएको छ । कार्यक्रममा नौंचु पैंगी लामा चेलिवेटी पण्डितथर परिवारले भोजन दान गरेको थियो ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै प्रति नौंचु पैंगी लामा महायन बौद्व गुम्बा परिवारले धन्यवादसहित आभार व्यक्त गरेको छ ।
हत्या, हिंसा, व्यभिचार नियन्त्रण गर्ने उद्देश्यले ताङतिङ नौंचु पैंगी लामा पण्डितथर भाईखलकले वि.स २०६९ सालमा गुम्बा निर्माण गर्नुभएको थियो ।

गुम्बा परिवारका उपाध्यक्ष बृजमान गुरुङले बढ्दो शहरीकरण र विदेश पलायन बढी रहेको अवस्थामा पुख्र्याैली संस्कृतिलाई जोगाई राख्न गुम्बाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयोे ।

Related News

सम्बन्धित समाचार

Archives

Archives