पोखरा, १३ चैत । राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले सहकारीहरुले संस्थाका शेयर सदस्यहरुको अवस्थाको पहिचान गर्नु पर्ने बताउनुभएको छ ।
बेनीमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा बोल्दै जिसीले सो कुरा बताउनुभएको हो ।
सदस्य संगै समुदाय प्रति पनि चासो देखाउनु पर्ने भएकोले सहकारी संस्था थप चनाखो र चलायमान हुन पर्ने उहाँको धारणा थियो ।
सहकारीले स्थापना दिवसको अवसरमा आयोजना गरेको निवन्ध लेखन प्रतियोगितामा प्रथम हुने प्रकाश माध्यमिक विद्यालयकी छात्रा गृष्मा जिसी, द्वितीय हुने लिटल गार्डेन एकेडेमीकी विदीसा सुवेदी, तृतीय हुने न्यूहोराइजन बोर्डीङ पर्वतकी स्मृति जिसी र सान्त्वना स्थान हासिल गर्ने धौलागिरी मावि सिंगाकी सिता गुरुङ, बेनी सामुदायिक विद्यालयकी सजिना शर्मालाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै सहकारीले सञ्चालन गरेको खुत्रुके बचतका लागि खुत्रुके प्रदान गरिएको थियो । संस्थाले स्थापना दिवसका अवसरमा बालगृह म्याग्दीमा खाद्यान्न सहयोग पनि गरेको छ ।
संस्थाका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रमिला जोशीको स्वागत र सचिव ओम प्रसाद शर्माले संचालन गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान