पोखरा, ६ चैत । पोखराका क्रियाशील पत्रकार विभु भुसाल पुरस्कृत हुनुभएको छ ।
प्र्रेस सेन्टर नेपाल कास्कीको वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सेन्टरले सञ्चालन गर्दै आएको ‘थमन महेश स्मृति पत्रकारिता पुस्कार’बाट भुसाल पुरस्कृत हुनुभयो ।
जनपक्षिय पत्रकारितामा दुई दशकदेखी क्रियाशील पत्रकार भुसाललाई नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङ, सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा, कास्कीका अध्यक्ष कृष्ण दवाडी लगायतले सो पुरस्कार अर्पण गर्नुभयो । पुरस्कार राशी रु २५ हजार एक रहेको छ ।
सोही अवसरमा पोखराका अग्रज पत्रकारहरु कोमलनाथ बराल, कुसुमकेशव पराजुली, नारायण भट्टराई, विश्वप्रकाश लामिछाने र पदम रेग्मी सम्मानित हुनुभयो । उहाँहरुलाई पत्रकारिता क्षेत्रमा गरेको योगदान स्वरुप सम्मान गरिएको सेन्टरले जनाएको छ ।
साधारणसभाका अवसरमा ‘समृद्धि र जनपक्षिय पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिता जहिलेपनि जनताको पक्षमा र जनताका मुद्धा बोक्नुपर्नेमा जोड दिनुभयो ।
अग्रज पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी कोमलनाथ बरालले पत्रकारिताले राष्ट्रको विकास र समुन्तिमा योगदान दिने भएकाले जनपक्षिय पत्रकारितालाई जीवन्त राख्न सके समृद्धिमा सघाउ पुग्ने बताउनुभयो ।
प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलले पत्रकारिता जनपक्षिय पत्रकारितालेमात्र निमुखा बर्ग र दबिएका र दबाइएका बर्ग र समूदायको आवाज बुलन्द गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवाली, महासचिव सन्तोष पौडेल, नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्यद्धय रामजी प्रसाद बराल, दीपक कोइराला, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष एवं पत्रकार महासंघ कास्कीका सहसचिव श्रीराम सिग्देल, पत्रकारहरु अर्जुन काफ्ले, राजेन्द्र न्यौपाने, दीननाथ बराल, पुष्प दाहाल लगायतले पत्रकारिताले जनताका मुद्धाहरुलाई उठान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
Related News
सम्बन्धित समाचार
फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन
पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?